डडेलधुरामा मह उत्पादन ६० प्रतिशतले घट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

डडेलधुरामा मह उत्पादन ६० प्रतिशतले घट्यो

maha dadeldhura1

डडेल्धुरा, ८ फागुन । सुदुरपश्चिम प्रदेशको महलागि नमुना जिल्लाका रुपमा चिनिने डडेल्धुरामा चालु आर्थिक वर्षमा मह उत्पादनमा ६० प्रतिशतले कमी आएको छ । मह काढ्ने समयमा हिउँदे झरीले मह घटेको हो । झरिका कारण मौरीमा रोग लागेपछि जिल्लामा मह उत्पादनमा कमि आएको हो ।

पौष महिनामा मह काढ्ने समय हो । यो समयममा लामो हिउदे झरिले यस वर्ष डडेलधुरामा मह उत्पादन ह्रवात्तै घटेको छ । झरीका साथै मौरीमा रोग लागेपछि मह उत्पादनमा कमी भएको हो ।

जिल्लाकै मह उत्पादनका लागि पकेट क्षेत्रका रुपमा रहेको आलिताल गाउँपालिकामा मह उत्पादन घटेपछी किसान चिन्तीत बनेका छन ।मह बिक्रि गरेर नै घर खर्च देखि छोराछोरीको पढाई खर्च गर्ने गरेको भएपनि यो वर्ष मह उत्पादनमा कमि भएपछि अब कसरी घरखर्च संचालन गर्ने भन्ने पिरले सताएको छ । मौरीका घार नै बिक्री गर्ने किसानले अहिले एउटा पनि घार विक्री गर्न नपाई सबै मौरी मरेको बताएका छन् ।

यो वर्षको पौषसम्ममा डडेल्धुरामा करिव २० मेट्रीक टन मह उत्पादन भएको भएको हो । तर, वर्षा भएका कारण मौरी चरनका लागि बाहिर जान नपाउदा मौरीमा एक किसिमको रोग नै देखा परेको हो । जसका कारण गत वर्षको भन्दा यो वर्ष ६० प्रतिशत मह उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ ।
maha dadeldhura

रोगका कारण मौरी मर्दा लाखौ मुल्य बराबरको क्षति भएको छ । यता मह उत्पादन कम भएपछि यो वर्ष महको मूल्यमा वृद्धि भएको छ । डडेल्धुराका बजारमा गत बर्ष ६ सय ५० प्रतिकिलो मह, यो वर्ष करिब ९ सय प्रतिकिलोमा मह विक्रि भईरहेको छ । डडेल्धुरामा करिब १२ हजार मौरी घारमा मौरीपालन हुदै आएको कृषि ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);