बिहीबार शेयरबजार परिसूचक नेप्सेमा उछाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बिहीबार शेयरबजार परिसूचक नेप्सेमा उछाल

काठमाडौं, ८ फागुन । साताको अन्तिम दिन बिहिबार शेयरबजार परिसूचक नेप्सेमा उछाल आएको छ । नेप्से २९ दशमलव ३२ अंकले बढेर परिसूचक १ हजार ४ सय ३४दशमलव ५७ अंकमा पुगेको छ । १ सय ८० कम्पनीमा ५८ लाख २९ हजार ५ सय १० कित्ताशेयर २३ हजार ९ सय पटकको कारोबारबाट २ अर्ब ७८ करोडढ ५० लाख ४ हजार ९ सय ८ रुपैयाँमा खरिद बिक्री भएको छ ।

कारोबार रकम अघिल्लो दिनको तुलनामा १ करोड १६ लाखले बढी हो । बिहीबारको कारोबार हालसम्म नेप्सेमा एक दिनमा भएको सबैभन्दा बढी हो । यसअघि २०७३ साउन ११ गते सर्वाधिक २ अर्ब ७५ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

यसैगरी बिहीवार क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४दशमलव ५० अंकले बढेर ३सय दशमलव ४४ अंकमा पुगेर बन्द भएको छ । बिहीबार व्यापार र म्युचुअल फण्ड समूहबाहेक सबै समूहको परिसूचक उकालो लागेको छ।

व्यापार समूह ९दशमलव ८५ र म्युचुअल फण्ड समूह ०दशमलव ०४ अंकले ओरालो लागेको हो । सबैभन्दा बढी शिवम् सिमेन्ट्सको १७ करोड बढीको कारोबार भएको छ ।

बोटलर्स नेपालका लगानीकर्ताले सबैभन्दा बढी ९दशमलव ९९ प्रतिशतले कमाएका छन् भने राधी विद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ४दशमलव ३९ प्रतिशतले गुमाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);