कालीगण्डकी जलविद्युत गृह मर्मतका लागि तीन दिन बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

कालीगण्डकी जलविद्युत गृह मर्मतका लागि तीन दिन बन्द

kaligandki-a1

स्याङ्जा, ९ फागुन । १ सय ४४ मेगावाट क्षमताको कालीगण्डकी ए जलविद्युत् गृह मर्मतका लागि तीन दिन बन्द हुने भएको छ । विद्युतगृहको पहिलो युनिटको मुख्य इनलेट भल्भबाट पानी चुहिएपछि विद्युत् उत्पादन बन्द गरी मर्मत सुरु गरिएको हो ।

दैनिक औसत ५८ मेगावाट विद्युत् उत्पादन गरिरहेको अर्धजलाशययुक्त विद्युत केन्द्र मर्मतका लागि सोमबार साँझ पाँच बजेसम्म बन्द रहने बताइएको छ । स्याङ्जाको मिर्मीमा रहेको विद्युतगृहमा ४८–४८ मेगावाटका तीन युनिट छन् । एउटा युनिट मर्मत गर्न अरू पनि बन्द गर्नुपर्ने भएकाले केन्द्रबाट विद्युत् उत्पादन बन्द भएको हो ।

मुलुककै ठूलो विद्युतगृहबाट विद्युत् उत्पादन बन्द भएपछि पश्चिमभेगका औद्योगिक ग्राहकको साँझ पिक समयमा विद्युत् आपूर्ति कटौती हुन सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

विद्युत् आपूर्तिलाई प्रभावित हुन नदिन शुक्रबार र शनिबारको बिदा पारेर मर्मत सुरु गरिएको हो । मर्मतमा ३७ जना प्राविधिकहरु खटिएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);