सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, प्रतितोला १ लाख २० हजारमा कारोबार | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८०, शनिबार

सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, प्रतितोला १ लाख २० हजारमा कारोबार

काठमाडौं,१७ मंसिर । सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । छापावाल सुनको भाउ आइतबार प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य अहिलेसम्मकै उच्च हो । यसअघि बिहीबार प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँको उच्च रेकर्ड बनेको थियो ।

शुक्रबार ३ सय रुपैयाँ घटेर १ लाख १९ हजार रुपैयाँमा झरेको सुन आइतबार भने एकै दिन १८ सय रुपैयाँले बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा असर परेको महासंघको भनाइ छ । चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ ।

आइतबार प्रतितोला १५ सय ४५ रुपैयाँमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिनको तुलनामा यो मूल्य ५ रुपैयाँ बढी हो ।

Leave a Reply