सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला ८० हजार ५ सय पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला ८० हजार ५ सय पुग्यो

gold and silver

काठमाडौं, २१ फागुन । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै सबैभन्दा उच्च बिन्दुमा पुगेको छ । बुधबार सुनको मूल्य तोलामै २२ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले बुधबारका लागि छापावाल सुनको भाउ प्रतितोला ८० हजार पाँचसय रुपैया तोकेको छ । त्यसैगरी तेजाबी सुनको मूल्य ८० हजार तीन सय रुपैयाँ पुगेको छ ।

मंगलबार छापावाला सुन प्रतितोला ७८ हजार ३ सयमा कारोबार भएको थियो यसअघि फागुन १२ गते सुनको मूल्यले प्रतितोला ८० हजार ३ सयमा पुगेर नयाँ किर्तिमानि बनाएको थियो । त्यसैगरी चाँदी प्रतितोला ८ सय ८० रुपैयाँ पुगेको छ ।

मंगलबार अन्तराष्ट्रिय बजारमा प्रतिऔंस १५ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको सुन बुधबार बढेर प्रतिऔंस १६ सय ४२ अमेरिकी डलरमा पुगेको छ ।

चीनमा फैलिएको कोरोना भाइरसको असर विश्व अर्थचन्त्रमा पर्न थाले पछि सुनको भाउ बढेर किर्तिमानी मूल्य कायम भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);