गरिबी विरुद्धको युद्ध नजित्दासम्म फिर्ता हुन्न : अर्थमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

गरिबी विरुद्धको युद्ध नजित्दासम्म फिर्ता हुन्न : अर्थमन्त्री

काठमाडौं, २१ फागुन । अर्थमन्त्रालयको पदभार सम्हाल्दै डा. युवराज खतिवडाले युद्ध नजित्दासम्म फिर्ता नहुने बताउनुभएको छ । बुधबार अर्थमन्त्रीमा पुनः नियुक्त हुनुभएका खतिवडाले पदभार सम्हालेपछि मुलुकमा रहेको गरिबी, असमानता, अभाव र अन्याय विरुद्धको लडाईमा जित प्राप्त नगर्दा सम्म नफर्किने बताउनुभयो ।

पदभार ग्रहणपछि खतिवडाले आफु न्याय र समानताको पक्षमा लडाई लड्ने योद्धा भएको र कमाण्डरले फिर्ता नबोलाउँदासम्म नआउने बताउनुभयो । दोस्रो कार्यकाल कहिलेसम्म रहन्छ भन्ने पत्रकारहरुको प्रश्नमा खतिवडाले भन्नुभयो, ‘कार्यकालको विषयमा सुरुकै दिन के हिसाब गर्नु । बजेट निर्माण, आर्थिक नीति अगाडी बढाउने सन्दर्भमा विकास, सुशासन, न्याय प्रशासन, सामाजिक न्याय र समानताको पक्षको लडाई लड्ने म योद्धा हुँ । योद्धा लडाईमा त्यो बेलासम्म लडिरहन्छ जुनबेलासम्म कमाण्डरले फिर्ता होउ भन्दैन या युद्ध जित्दैन । मेरो कार्यकाल पनि त्यही हो । जबसम्म युद्ध जित्दैन या कमाण्डरले फिर्ता आउ भन्दैन तबसम्म मुलुकका गरिबी, अभावसँग, भोक, असमानता र अन्ययको विरुद्धमा लडिरहने कुरा हो त्यो हुनाले यसको कुनै समयसीमा हुँदैन् ।’

दोस्रो कार्यकालमा स्वभाविक रुपमा चुनौतीहरु थपिएको उहाँले बताउनुभयो । बुधबार नै सञ्चार तथा सूचना प्रविधिमन्त्रालयको पदभार ग्रहण गर्दै खतिवडाले अबको आफ्नो कार्यकाल जनतामाझ राखेका प्रतिवद्धताहरु, नीति तथा कार्यक्रमहरु र बजेट मार्फत बोलेका कुराहरु पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पहिलो कार्यकालमा भएका कामहरु सुदृढ ढंगले अघि बढाउने र पुरा नभएका कामहरु पुरा गर्दै जाँने उहाँले बताउनुभयो ।

खतिवडाले बुधबार नै पद तथा गोपनियताको सथप लिनुभएको थियो । यसअघि मंगलबार राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएपछि खतिवडाले राजीनामा दिनुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);