सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति ?

gold and silver

काठमाडौं, २२ फागुन । सुनको भाउले बिहीबार फेरि नयाँ कीर्तिमान बनाएको छ । तोलामा दुई सय रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महँगो भएको हो ।

सुनको भाउ बिहीबार तोलाको ८० हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार एकैदिन तोलामा २२ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ८० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार अन्तर्रा्ष्ट्रिय बजारमा भाउ केही घटे पनि भारतीय रुपैयाँको तुलनामा डलर महँगो हुँदा सुनको भाउ बढेको महासंघ अन्तरर्गत भाउ निर्धारण समितिले जनाएको छ ।

चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी बिहीबार पनि तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);