काठमाडौँ । सुनको भाउ शुक्रबार तोलामा छ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९८ हजार कायम भएको छ । बिहीबार सुन तोलाको ९८ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार तेजावी सुनको भाउ तोलाको ९७ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेको छ । बिहीबार एक हजार तीन सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार दुई सय ८० रुपैयाँमा निर्धारण भएको छ ।
सुनको मूल्य ९८ हजार रुपैयाँ
ताजा समाचार
प्रदेश अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापना
४३ मिनेट अघि
चट्याङ लागेर दुई जनाको मृत्यु, तीन जना घाइते
२ घन्टा अघि
रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कृत
२ घन्टा अघि