सुनको मूल्यमा कीर्तिमान, प्रतितोला ८० हजार ३ सय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सुनको मूल्यमा कीर्तिमान, प्रतितोला ८० हजार ३ सय

काठमाडौं, १२ फागुन । नेपाली बजारमा सुनको मूल्यले कीर्तिमान बनाएको छ । सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८० हजार ३ सय पुगेको छ ।

आइतबार नेपाली बजारमा सुनको मूल्य ७८ हजार ८ सय पुगेको थियो । सोमवार एकै दिन तोलामा एक हजार ५ सय रुपैयाँले सुनको मूल्य बढेको हो। तेजाबी सुन भने प्रतितोला ८० हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी सोमबार चाँदी प्रतितोला ९सय २५ रुपैयाँमा कारोबार भएको छ। आइतबार चाँदी प्रतितोला ९सय २० रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो समय विश्व बजारमा हरेक दिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ।

यसअघि चीन र अमेरिकाबीचको व्यापार युद्ध तथा अमेरिका–इरानबीच देखिएको द्वन्द लगायतले उकालो लागेको सुनको मूल्य अहिले कोरोना भाइरसको प्रकोपले प्रभावित भएको बताइएको छ।

चीनमा देखिएको कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय बजार प्रभावित बनेपछि पछिल्ला दिन विश्व बजारमा सुनको मूल्य उकालो लागेको जनाइएको छ । मूल्य बढेसँगै पुराना गहना बिक्री गर्न आउने ग्राहक बढेको महासंघले जनाएको छ ।

आइतवार अन्तराष्ट्रिय बजारमा प्रतिऔंस १६ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको सुन सोमबार बढेर प्रतिऔंस १६ सय ६१ अमेरिकी डलर पुगेको छ। बिश्व बजारमा सुनको मूल्य अझै बढ्न सक्ने अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);