सुनको मूल्यमा कीर्तिमान, प्रतितोला ८२ हजार ७ सय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

सुनको मूल्यमा कीर्तिमान, प्रतितोला ८२ हजार ७ सय

gold and silver

काठमाडौं, २७ फागुन । मंगलबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै सबैभन्दा उच्च बिन्दुमा पुगेको छ । मंगलबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ८२ हजार ७ सय पुगेर अहिलेसम्मकै महँगो भएको हो ।

त्यस्तै तेजाबी सुन प्रतितोला ८२ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि फागुन २३ गते सुन प्रतितोला ८२ हजार ५ सयमा कारोबार भएको थियो । फागुन २५ गते पनि सुनको मूल्य प्रतितोला ८२ हजार ५ सयमा कारोबार भएको थियो ।

मंगलबार चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भएको छ । आइतबार भने चाँदी प्रतितोला ८ सय ९० मा कारोबार भइरहेको थियो । कोरोना भाइरस संक्रमणका कारण विश्वबजारमा सुनको मूल्य उकालो लागिरहेको विश्लेषकहरुले बताएका छन् ।

कोरोनाको त्रासका कारण अन्तर्राष्ट्रिय सेयर बजारमा भारी गिरावट आएकाले लगानीकर्ता सुनतिर आकर्षित भएकाले सुनको भाउ दिनप्रतिदिन उकालो लागेको बताइएको छ ।

यस्तै अमेरिकी केन्द्रीय बैंकले ब्याजदर सुन्य दशमलव ५ प्रतिशत घटाउने संकेत गरेकाले पनि सुनको भाउ बढेको विश्लेषकहरुले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);