निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चर्चा बढी, प्रगति शुन्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चर्चा बढी, प्रगति शुन्य

श्याम गुप्ता
बारा, १२ फागुन । सरकारले अढाई दशक अघि सुरु गरेको बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चर्चा बढी, तर प्रगति भने शुन्य देखिएको छ । रुख कटान गर्ने विषयमा पटक–पटक बिवाद आएपछि निजगढ अन्तराष्ट्रिय बिमानस्थल निर्माणको कामले गति लिन नसक्दा प्रगति शुन्य देखिएको हो ।

नेपालमा सबै भन्दा उपयुक्त स्थानको रुपमा पहिचान गरि २०५१ देखि बाराको निजगढमा सुरु गरिएको दोश्रो अन्तराष्ट्रिय बिमानस्थल निर्माणको चर्चा जति भएको छ त्यस अनुरुप काम भने हुन सकेको छैन ।

प्रारम्भिक चरणमा प्रस्तावित विमानस्थल निर्माण क्षेत्रभित्र पर्ने साविक करैया गाविस ८ र ककडी १ मा नम्बरी आवादी जग्गाको मुआब्जा वितरणको काम जारी रहेको छ ।

जस अन्तरगत ककडीको १० र काँटगाउँको ४६ विगाहा गरीे ५६ विगाहाको मुआब्जा वितरण गरी सकेको निजगढ अन्तराष्ट्रिय विमानस्थल कार्यालय सिमराका प्रमुख ले बिजय यादब बताउनुभयो ।

विमान स्थल निर्माणको क्रममा टाँगिया बस्ति ठुलो समस्याको रुपमा देखा परेको छ । टाँगियामा हाल १ हजार ४ सय ७६ घरधुरी सुकुम्बासी परिवार बस्दै आएका छन् । यस वस्तिलाई पनि स्थानान्तरण गर्न राज्यले केहि सहयोग गर्ने योजना बनाउन लागेको प्रमुख विजय यादवले जानकारी दिनुुभयो ।

तर बस्ती स्थानान्तरणको कामले गति लिन सकेको छैन । यता मुआब्जा समितिले निर्धारण गरेको मुआब्जाप्रति पनि स्थानीय असन्तुष्ट छन् । सरकारले निर्धारण गरेको प्रति कठ्ठा २ लाख ४० हजारदेखि ४ लाख ६० हजार रुपैयाँ मुअब्जा चलन चल्तीको भन्दा कम भएको स्थानीयको गुनासो छ ।

पछिल्लो समय वातावरण बिनाश गरेर बिमानस्थल बनाउन नहुने भनी दायर भएको रिटमा सर्वोच्च अदालतले तत्काललाई काम अगाडी नवढाउन आदेश दिएकोे छ । सरोकारवाला समितिले यो बिमानस्थल जिल्लाका साथै प्रदेश नम्बर २ र देशकै आर्थिक सम्बृद्धिको पर्याय रहेकोले यसको काम कुनैपनि हालतमा रोकिन नहुने माग गरीरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);