बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको समर्थन र विरोधमा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको समर्थन र विरोधमा प्रदर्शन

बारा, १५ चैत। पछिल्लो समय बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको समर्थन र विरोधमा प्रदर्शन, ¥याली भइरहेका छन् । केही समय अघि परियोजना खारेजीको माग गर्दै काठमाडौंको माईतीघरमा प्रर्दशन भए लगत्तै चाँडोभन्दा चाँडो विमानस्थलको काम अगाडि बढाउनु पर्ने भन्दै निजगढमा दबाब ¥याली आयोजना गरियो ।

हाम्रै पालामा राष्ट्रिय गौरबको आयोजना भन्ने मुल नाराका साथ बाराको निजगढमा स्वतन्त्र युवा समाजद्वारा यथाशीघ्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु गर्न दवाब ¥याली आयोजना गरियो ।

निजगढको भौतिक तथा स्थलगत निरीक्षण नैं नगरी विकास विरोधी तत्वले विमानस्थल बन्न नदिन बाँझो हाल्ने काम सुरु गरेको निजगढ नगर नगरपालिका–४ का वडाध्यक्ष, जयराम कुवँरले बताए ।

निजगढ विमानस्थलको निमार्ण कार्यलाई अघि बढाउन स्थानीय सरकार तथा स्थानीयवासीले सरकारलाई सक्दो सहयोग गर्ने निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेवी लामिछाने खनालको भनाई छ । निजगढ विमानस्थलले निजगढको मात्रै नभई प्रदेश नम्बर २ र राष्ट्रीय अर्थतन्त्रमा महत्वपुर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);