बाराको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु गर्न दबाव -याली आयोजना | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

बाराको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु गर्न दबाव -याली आयोजना

बारा, १३ चैत । हाम्रै पालामा राष्ट्रिय गौरबको आयोजना भन्ने मुल नाराका साथ बाराको निजगढमा स्वतन्त्र युवा समाजद्वारा यथाशीघ्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु गर्न दबाव -याली आयोजना गरिएकोछ ।

निजगढको भैतिक तथा स्थलगत निरिक्षण नैं नगरी विकास विरोधी तत्वले विमानस्थल बन्न नदिन बाँझो हाल्ने काम सुरु गरेको जनप्रतिनिधि तथा सरोकार वालाको आरोप छ ।

निजगढ विमानस्थलको निमार्ण कार्यलाई अघि बढाउन स्थानीय सरकार तथा स्थानीय बासिले सरकारलाई सक्दो सहयोग गर्ने निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेवी लामिछाने खनालले बताउनुभयो ।

निजगढ विमानस्थलले निजगढको मात्रै नभई प्रदेश नम्बर २ र राष्ट्रीय अर्थतन्त्रमा महत्वपुर्ण भुमिका खेल्ने विश्वास गरिएको छ । गहन अध्ययन अनुसन्धान गरि विकास निर्माणलाई तिव्रता दिनु अहिलेको आवश्यकता हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);