एमालेका सांसद बस्नेतले जसपाका सांसद चौधरीसँग कारागार पुगेर भेट | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

एमालेका सांसद बस्नेतले जसपाका सांसद चौधरीसँग कारागार पुगेर भेट

काठमाडौं, १३ चैत । नेकपा एमालेका सांसद महेश बस्नेतले जसपाका निलम्बनमा परेका सांसद रेशम चौधरीसँग कारागार पुगेर भेट गरेका छन् । सांसद बस्नेतले शुक्रबार विहान डिल्लीबजार कारागारमा पुगेर सांसद चौधरीलाई भेटेका हुन् । भेटमा पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको बताइएको छ ।

नेकपा एमालेको ओली र नेपाल–खनाल दुवै पक्षले सत्ता समीकरणका लागि जसपासँग छलफल बाक्लो बनाएको समयमा युवा नेता बस्नेतको यो भेटलाई महत्वका साथ हेरिएको छ । जसपाले सत्तामा जानका लागि कसैसँग सम्झौता गरेको छैन, सत्ता समीकरणका लागि जसपाले चौधरीको रिहाइलगायतका मागमा अडान लिएको छ ।

चौधरी कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन्। रेशम चौधरीलाई उच्च अदालतले टीकापुर प्रकरणमा जन्मकैदको सजाय सुनाइसकेको छ । २०७२ भदौ ७ गते मधेश–थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा जनपथ प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित आठ जना प्रहरी र एक जना बालक मारिएका थिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);