मंगलबार नेप्से ४३ दशमलव ०२ अंकले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

साउन २६ २०८३, बुधवार

मंगलबार नेप्से ४३ दशमलव ०२ अंकले बढ्यो

काठमाडौं, १३ फागुन । मंगलबार शेयरबजार नेप्से ४३ दशमलव ०२ अंकले बढेर परिसूचक १५सय ४५दशमलव १९ अंकमा पुगेको छ ।

१ सय ८० कम्पनीका ७० लाख ५९ हजार ७ सय १२ कित्ताशेयर २६ हजार ५ सय ३६ पटकको कारोबारबाट २ अर्ब ९९ करोड २१ लाख ६० हजार ५ सय २४ रुपैयाँमा खरिद बिक्री भएको छ ।

कारोबार रकम सोमबारको तुलनामा ४१ करोड ८४ लाख रुपैयाँले कम हो । सोमबार १ सय ७९ कम्पनीका ३ अर्ब ४१ करोड बढीको कारोबार भएको थियो । यसैगरी मंगलबार क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ८दशमलव ५७ अंकले बढेर ३ सय २६दशमलव ५६ अंकमा पुगेर बन्द भएको छ ।

मंगलबार कारोबार भएका सबै समूहको परिसूचक उकालो लागेको छ । सबैभन्दा बढी जीवन बीमा समूहको सूचक ६सय ७३दशमलव ४९ अंकले उकालो लागेको छ ।

सबैभन्दा बढी हिमालयन डिष्टीलरी लिमिटेडको १६ करोड ३३ लाख ५१ हजार १ सय ६८ रुपैयाँको कारोबार भएको छ । शेयर कारोबारका आधारमा भने नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड अग्रस्थानमा छ ।

गुराँस लाईफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशतले कमाएका छन भने दिव्येश्वरी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ३दशमलव ६३ प्रतिशतले गुमाएका छन् ।