बैंक तथा वित्तिय संस्था सम्बन्धि पहिलो संशोधन विधेयक माथिको छलफल सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बैंक तथा वित्तिय संस्था सम्बन्धि पहिलो संशोधन विधेयक माथिको छलफल सुरु

yubraj dai

काठमाडौं, १३ फागुन । प्रतिनिधिसभामा बैंक तथा वित्तिय संस्था सम्बन्धि पहिलो संशोधन विधेयक २०७६ माथिको छलफल सुरु भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गर्नुभएको संशोधन विधेयकमाथिको छलफलमा नेपाली कांग्रेसका सांसदहरुले यसले वित्तिय क्षेत्रमा असन्तुलन कायम गर्ने भन्दै असहमति जनाएका छन् ।

सांसदहरु राजेन्द्र केसी, ज्ञानेन्द्र बहादुर कार्कीले यसमा असहमति जनाउनुभएको हो । सांसद राजेन्द्रकुमार केसीले नेपाल अहिले खुला नीतिमा प्रवेश गरेका बताउनुभयो । अहिले देशका धेरै क्षेत्रमा बैंक तथा वित्तिय संस्थाहरुको स्थापना भएको उल्लेख गर्दै उहाँले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै निक्षेपकर्ताहरुलाई प्रोत्साहन गर्नुपर्ने दायित्व सरकारको भएपनि विधेयक ल्याएर सरकारले निजी क्षेत्रलाई नियन्त्रण गर्न खोजेको बताउनुभयो ।

बैंकहरु संयमित र अनुशासित भएर रोजागारीको अवशर सिर्जना गर्नुपर्नेमा निजी बैंकहरुलाई नियन्त्रण गर्ने विषयहरु विधेयकमा भएको उहाँले बताउनुभयो । एउटा बैंकको शेयरधनी हुनका लागि उमेरको हद नलाग्ने र शेयरधनीको प्रतिनिधित्व गर्नेलाई उमेरको हद लाग्ने विषय उल्लेख भएकोले उक्त विषय संशोधन हुनुपर्ने उहाँले बताउनुभयो ।

सांसद ज्ञानेन्द्रबहादुर कार्कीले २०४६ सालको परिवर्तनपछि गठित सरकारले अवलम्बन गरेको आर्थिक नीतिका कारण अहिले बैंक तथा वित्तीय संस्थाहरु स्थापनाको बाटो खोलेको बताउनुभयो ।

सरकारले ल्याएको संशोधन विधेयकले पुरानो इतिहासलाई विर्सेको उहाँले बताउनुभयो । संशोधन लागु भएमा बैंकिङ क्षेत्रमा असन्तुलन भएर यो क्षेत्र नै धारासायी हुने सम्भावना रहेको उहाँको भनाई थियो ।

विधेयकका प्रावधानहरु अव्यवहारिक भएको र यो क्षेत्रका स्टेकहोल्डरहरुलाई निरुत्साहित गर्ने किसिमको रहेको उहाँले बताउनुभयो । लागनीकर्ताको अधिकारलाई संकुचित गरेर अर्थतन्त्रमा योगदान हुन नसक्ने उहाँले बताउनुभयो ।

विधेयकमा सरकोकारवालाहरु तथा पूर्व अर्थमन्त्रीहरु राखेर एकपटक छलफल गरी परिमार्जन गर्नुपर्ने माग उहाँले गर्नुभयो ।

यस्तै सांसद दिव्यमणि राजभण्डारीले राष्ट्र बैंकले बैंकहरुलाई कन्ट्रोल गर्ने गरी विधेयक ल्याएको बताउनुभयो । संविधानले निर्वाचित हुने व्यक्तिहरुको योग्यता तोक्न नहुने व्यवस्था गर्दागर्दै बैंकिङ क्षेत्रको नेतृत्वमा निर्वाचित भएर आउने व्यक्तिलाई पनि योग्यता तोक्न नहुने उहाँको भनाई छ ।

विदेशी लगानीकर्ताले जति लगानी गरेपनि हुने तर नेपाली लगानीकर्ताले १५ प्रतिशत भन्दा बढी लगानी गर्न नपाउने व्यवस्था पनि संशोधन गर्नुपर्ने उहाँले बताउनुभयो ।

सांसद कृष्णभक्त पोखरेलले ऐनमा संशोधन गर्नुपर्ने महत्वपूर्ण विषय आउनु स्वागतयोग्य भएको बताउनुभएको छ । उहाँले सञ्चालक समितिमा अनन्त समयसम्म बस्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो ।

दुई कार्यकाल भन्दा सञ्चालक समितिमा बस्न नपाउने र स्वतन्त्र सञ्चालक जो विज्ञको रुपमा आउने व्यवस्था गरिएको र सञ्चालकको अधिकतम उमेर ६५ वर्ष भन्दा माथि हुन नहुने व्यवस्था उचित भएको उहाँले बताउनुभयो ।

२० वर्ष सम्म आफ्नो निक्षेप लिन आएन भने त्यो पैसा राष्ट्र बैंकमा जाने प्रबन्धलाई सरकारले हटाएर तोकिएको कोषमा जाने प्रबन्ध गरेको उल्लेख गर्दै उहाँले यो कहाँ तोक्ने भन्ने विषयमा समेत गम्भिर छलफल गर्नुपर्ने बताउनुभयो ।

सैद्धान्तिक छलफलका क्रममा उठेका जिज्ञासाहरुको जवाफ दिँदै अर्थमन्त्री युवराज खतिवडाले बैंकिङ प्रणालीहरु नियमन हुने प्रणाली भएकोले विश्वासमा चल्ने प्रणालीहरु भएको बताउनुभयो ।

निक्षेपकर्ताले विश्वास नभएको खण्डमा निक्षेप नराख्ने र विश्वासमा निक्षेपकर्ताले निक्षेप राखिराख्छ भन्ने विश्वासमा बैंकले पनि कर्जा प्रवाह गरेको बताउनुभयो । उहाँले बैंकिङ प्राणालीमाथि जनताले कसरी विश्वास आर्जन गर्ने भन्ने कुरा बैंकिङ प्राणालीको स्थायित्वका लागि पहिलो शर्त भएको बताउनुभयो । उहाँले बैंकहरु कुनै कम्पनीजस्तो नभएको उल्लेख गर्दै प्रवर्द्धकहरु नै पूँजिको मालिक हुने बताउनुभयो ।

‘बैंकिङ प्रणालीको पूँजीको १० प्रतिशत औषतमा प्रवर्द्धकहरुको पूँजी हुन्छ । ९० प्रतिशत बैंकमा आउने पूँजी स्रोत भनेको सर्वसाधारण जनताको निक्षेप हुन्छ ।  त्यो मानेमा बैंकका सञ्चालकहरु प्रवर्द्धकहरु ट्रस्टी जस्ता मात्रै हुन् । उनीहरु मालिक होइनन् । यो कुरा हामीले बुझ्नु जरुरी छ’, उहाँले भन्नुभयो ।

उहाँले १० प्रतिशत पूँजी लिएर ९० प्रतिशत अर्काको पूँजीलाई व्यवस्थित गर्ने मान्छेहरुको योग्यता, उमेर, क्षमता र कार्यकाल नतोकिँदा निक्षेपकर्ताहरुको हित सुरक्षा कसले गर्ने भन्दै प्रश्न गर्नुभयो ।

बैंकहरु नीजि क्षेत्रले चलाउने भएकाले केन्द्रीय बैंकलाई स्वायत्त नियमनकारी निकाय तोकिएको र उसले नै नियमन गर्ने भएकाले सरकारको हस्तक्षेप कहिले पनि नगर्ने स्पष्ट पार्नुभयो । उहाँले योग्यता र उमेरको कुरा संविधानमा पनि लेखिएकाले यस विषयमा छलफल गर्न सकिने बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);