बैंक तथा वित्तिय संस्थामाथि राष्ट्र बैंकको निगरानी | ईमाउण्टेन समाचार

Our Network

असोज ८ २०८३, शुक्रबार

बैंक तथा वित्तिय संस्थामाथि राष्ट्र बैंकको निगरानी

rastra bank

काठमाडौं, २५ कात्तिक । नेपाल राष्ट्र बैंकले मुलुकको आर्थिक विकासमा केन्द्रित नहुने बैंक तथा वित्तिय संस्थाहरुलाई कार्वाही गर्ने चेतावनी दिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय संस्थालाई निजी उद्योगको रुपमा संचालन गर्न खोजे कडा कार्वाही गर्ने चेतावनी दिनु भएको हो ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा गभर्नर नेपालले जनताको पैसा उठाएर संचालनमा आएका बैंक तथा वित्तिय संस्था निजी नहुने भएकाले उनीहरुले मुलुकको समृद्धिका लागि आफूसँग संकलन भएको निक्षेप परिचालन गर्नुपर्ने पनि स्पष्ट पार्नु भयो ।

गभर्नर नेपालले जनताको पैसा नडुबोस् भनेर समस्याग्रस्त बैंक तथा वित्तिय संस्थाहरुलाई पुनः संचालन गर्ने अवसर प्रदान गरिएको बताउनु भयो । गभर्नर नेपालले जनताको पैसा डुब्न नदिन नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तिय संस्थाहरुमाथि कडा निगरानी राख्ने कामलाई तीव्रता दिइरहेको उल्लेख गर्नुभयो ।