शेयर बजार परिसूचक नेप्से २७.४७ अंकले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

मंसिर ४ २०८३, शुक्रबार

शेयर बजार परिसूचक नेप्से २७.४७ अंकले बढ्यो

stock-nepse-market

काठमाडौं । शेयर बजारमा मंगलबार अधिकांश कम्पनीहरुको सेयर मूल्य बढेको छ । नेप्से परिसूचक २७ दशमलव ४७ अंकले बढेर २ हजार ६ सय ७३ दशमलव ३१ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव १२ अंकले बढेको छ । मंगलबार शेयर कारोबारको रकम पनि करिब ६ अर्ब रुपैयाँ पुगेको छ । दिनभर भएका ६२ हजार ६ सय ५९ कारोबारबाट २ सय २० बटा कम्पनीका १ करोड ८ लाख कित्ता भन्दा धेरै सेयर किनबेच भएका छन् ।

यसबाट कारोबार रकम ५ अर्ब ८१ करोड ६ लाख ७३ हजार रुपैयाँ पुगेको हो । मंगलबार नेप्सेमा कारोबार हुने सबै समूहका सबइन्डेक्सहरु बढेर हरियो देखिएका छन् ।

सबैभन्दा धेरै व्यापार समूहको इन्डेक्स ५ दशमलव ७९ प्रतिशतले बढेको छ भने उत्पादनमूलक समूहको सबइन्डेक्स २ प्रतिशत धेरैले बढेको छ ।

Leave a Reply

ताजा समाचार