सोमबार र मंगलबार लगातार घटेको सेयर बजारमा बुधबार उत्साह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सोमबार र मंगलबार लगातार घटेको सेयर बजारमा बुधबार उत्साह

stock_exchange_nepse-e1528283604277

काठमाडाैं । सोमबार र मंगलबार लगातार घटेको सेयर बजारमा बुधबार भने उत्साह देखिएको छ । बुधबार नेप्से परिसूचक ५५ दशमलव ७६ अंकले बढेर २ हजार ८ सय २७ दशमलव १२ अंकमा पुगेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ८३ अंकले बढेको छ ।

यस अघि सोमबार ४५ अंकले बजार घटेको थियो भने मंगलबार पनि दोहोरो अंकले घटेको थियो । कारोबार रकममा पनि मंगलबारको तुलनामा बुधबार सुधार देखिएको छ । मंगलबार ९ अर्ब भन्दा पनि कम भएको शेयर बारोबार मा बुधबार ११ अर्ब ३५ करोड रुपैयाँ नाघेको छ ।

बुधबार समूहगत इन्डेक्समा म्युचुअल फण्ड बाहेकका सबै समूहका सवइन्डेक्सहरु बढेका छन् । दुई दिन लगातार जसो हाइड्रोपावर कम्पनीहरुको सेयर मूल्यमा गिरावट आएको थियो । बुधबार भने सुधार देखिएको छ ।

कारोबार रकमका आधारमा पुनर्बिमा कम्पनी बुत्रबार पहिलो नम्बरमा देखिएको छ । यो कम्पनीको १ अर्ब ३७ करोड ८७ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);