नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला ७६ हजार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला ७६ हजार

today gold rate in enepal

काठमाडौं, २१ पुस । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयाँ पुगेको जनाएको छ । अमेरिका र इरानबीचको युद्धका कारण अन्तराष्ट्रिय बजारमा सुनको माग बढेको र यसको असर नेपाली बजारमा पनि परेको व्यवसायीहरुको भनाई छ ।

नेपाली बजारमा केही दिन यता सुनको मूल्य बढेर दैनिक नयाँ रेकर्ड बन्दै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार प्रतितोला फाइन गुणस्तरको सुनको मूल्य ७६ हजार रुपैयाँ तोकेको छ ।

यो मुल्य अहिलेसम्मकै उच्च हो । महासंघका अनुसार एक वर्ष यता सुनको मूल्य प्रति तोला १६ हजार २ सय रुपैयाँले बढेको छ । २०७५ पुष २२ गते सुनको मूल्य प्रतितोला ५९ हजार ८ सय रुपैयाँ रहेको थियो ।

त्यस यता २०७६ माघ ९ गते सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो । तर फेरी एकसाता याता सुुनको मूल्य बढ्ने क्रम सुरु भएको छ ।

सुनको मूल्य बढ्नुको मूख्य कारण अमेरिका र इरानबीचको युद्ध रहेको महसचिव बज्राचार्य बताउनुहुन्छ । अमेरिका र इरानबीचद्ध युद्धको सम्भावना बढेपछि लगानीकर्ताले सुरक्षित लगानीको रुपमा सुनलाई लिएका छन् ।

त्यस्तै चीन र अमेरिका बीचको व्यापारका विषयमा गत डिसेम्बरमा भएको सम्झौता कर्यान्वयनमा आउन नसक्नुले पनि चिनियाँ लगानीकर्ताले सबैभन्दा बढी सुनमा लगानी बढाएका छन् ।

त्यसको असर विश्व सुन बजारमा परिरहेको छ । अर्कोतर्फ भारतीय अर्थतन्त्र कमजोर बन्दै गएको र भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँको क्रयशक्ति पनि घटेको छ । यसबाट डलरको भाउ बढ्न गई नेपालमा सुनको मूल्यमा वृद्धि भइरहेको छ ।

विश्व बजारमा सुनको माग अझै बढ्न सक्ने भएकाले फेरिपनि नयाँ रेकर्ड कायम हुन सक्ने सम्भावना रहेको बज्राचार्य बताउनुहुन्छ । उहाँका अनुसार मूल्य बढेसँगै बजारमा खरिद गर्ने भन्दा विक्री गर्न आउनेहरुको भिड लाग्ने गरेको छ । पुष महिनामा नेपाली बजारमा कारोबार न्यून हुने र त्यसमा पनि मूल्य बढेपछि देशैभर दैनिक १/२ केजि मात्र कारोबार भएको उहाँको भनाई छ ।

विश्वका ठुला मुलुकहरुबीच युद्ध हुँदा लगानीकर्ताले आफ्नो लगानीको सुरक्षाका लागि सुनमा लगानी बढाउँछन् । त्यसैले पनि अहिले सुनको माग अन्तराष्ट्रिय बजारमा बढ्दै गएको छ भने मूल्यमा पनि वृद्धि भएको छ ।

सोमबार वालस्ट्रेट मार्केटमा सुनको मूल्य प्रति आउन्स १ हजार ५ सय ७७ डलर पुगेको छ । एक महिना अघि प्रति आउन्स सुनको मूल्य १ हजार ४ सय ६५ डलर रहेको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);