पेट्रोलियम पदार्थको मूल्य पन्ध्र दिनमा फेरि बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

पेट्रोलियम पदार्थको मूल्य पन्ध्र दिनमा फेरि बढ्यो

काठमाडौं, ५ पुष । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

 

निगमले मंगलवार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १–१ रुपैयाँ बढाएको हो । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय १ रुपैयाँ डिजेल र मट्टीतेलको प्रतिलिटर ७८–७८ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने बढेको छैन । निगमले स्वचालित मूल्य प्रणाली अनुसार नै पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको जनाएको छ ।

 

यसअघि निगमले मंसिर २२ मा इन्धनको मूल्य समायोजन गरेको थियो । मूल्य समायोजन गरेसँगै निगमको मासिक घाटा ११ करोड ३९ लाख रुपैयाँ पुग्ने निगमको प्रक्षेपण छ । अहिले निगमलाई साढे १९ करोड रुपैयाँ घाटा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);