एनआइसी एसिया बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

काठमाडौं, ४ पुष । एनआइसी एसिया बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ ।

 

बैंकलाई एक हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ता ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । २० प्रतिशत अर्थात ६० करोडको ऋणपत्र सर्वसाधारण लगानीकर्तालाई निष्कासन गरिने बैंकले जनाएको छ ।

अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गरिने ऋणपत्रको अवधि ७ वर्षको हुने छ । लगानीकर्ताले ९ प्रतिशत ब्याज पाउने छन् । ऋणपत्रको बिक्री पुस १३ गते खुल्ला गरिने बैंकले जनाएको छ । बैंकले ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);