संघीय संरचना संचालनका लागि बजेटको अभाव नहुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौं, ४ पुष । अर्थविद्हरुले संघीय संरचना संचालनका लागि बजेटको अभाव नहुने स्पष्ट पारेका छन् ।

 

अर्थसचिव शंकर प्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णीम वाग्लेलगायतका अर्थविद्हरुले संघीय संरचना संचालनका लागि बजेटको अभाव नहुने प्रष्टयाउनु भएको हो । मंगलबार काठमाडौंमा आयोजित संघीय संरचना संचालनसम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थसचिव अधिकारीले राजनीतिक तहमा उच्च प्रतिवद्धता हुने हो भने संघीय संरचना संचालनका लागि बजेटको अभाव नहुने स्पष्ट पारे । उनले संघीय संरचनाका लागि बजेट अभाव हुन नदिन कर प्रशासनलाई भने चुस्त बनाउनुपर्ने आवश्यक्ता पनि औल्याए ।

 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्ले उत्पादनमूलक क्षेत्रमा लगानी गरेर भएपनि संघीय संरचनाको खर्चलाई धान्न सकिने सुझाव दिए । उनले कम लगानीमा धेरै उत्पादन दिने क्षेत्रको पहिचान गरेर अघि बढन सरकारले उच्च प्राथमिकता दिनुपर्ने पनि स्पष्ट पारे ।

 

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. युवराज खतिवडाले संघीय संरचना संचालनका लागि सरकारले अन्तराष्ट्रिय समुदायसँग पनि सहयोग लिन सक्ने धारणा राखे । उनले निजी क्षेत्रसँगको सहकार्यमा पनि संघीय संरचना संचालन गर्न आवश्यक वित्तिय स्रोतको व्यवस्थापन गर्न सकिने उल्लेख गरेका छन् ।

कार्यक्रममा अर्थविद्हरुले कर्मचारी प्रशासनलाई चुस्त नबनाउने हो भने मुलुकको समृद्धिको यात्रालाई सहज ढंगले अघि बढाउन कठिनाई हुने पनि स्पष्ट पारेका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);