बुढिगण्डकी आयोजना निर्माण स्वदेशी लगानीमै सम्भव | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाण्डौँ, ४ पुस । सरकारले बुढिगण्डकी जलविद्युत आयोजना निर्माणका लागि स्वदेशी लगानीको स्रोत पहिचान गरेको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर स्वर्णीम वाग्ले संयोजक रहेको उच्चस्तरीय समितिले बुढिगण्डकी जलविद्युत आयोजना निर्माणका लागि ३ खर्ब ६७ अर्बको स्रोत पहिचान गरेको हो । समितिका संयोजक डाक्टर वाग्लेले डिजेल र पेट्रोलमा लगाइएको पूर्वाधार कर कार्बन उत्सर्जन गर्ने वस्तुमा विस्तार गरी कार्बन करका नाममा १० वर्षमा १ खर्ब ६० अर्ब रुपैयाँ जुटाउन सकिने बताए । उनले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल टेलिकम, नेपाली सेना, नेपाल प्रहरी लगायत संस्थाबाट पनि बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटाउन सकिने बताए ।

समितिले १० वर्षमा २ खर्ब ७० अर्ब देखि ३ खर्ब ६७ अर्ब रुपैयाँ जुटाउन सकिने निष्कर्षसहितको प्रतिवेदन समितिले सोमबार उपप्रधानमन्त्री तथा उर्जामन्त्री कमल थापालाई बुझाएको छ ।

सरकारले कात्तिक २७ गते अघिल्लो सरकारले चिनियाँ कम्पनी गेजुवासँग गत जेठमा गरेको सम्झौता खारेज गरी गत मंसिर ८ गते बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा बनाउने निर्णय गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);