चिनिया कम्पनीलाई बुढिगण्डकी जलविद्युत आयोजना निर्माण गर्न दिने निर्णयप्रति बबुरामको आपत्ति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

चिनिया कम्पनीलाई बुढिगण्डकी जलविद्युत आयोजना निर्माण गर्न दिने निर्णयप्रति बबुरामको आपत्ति

२५ जेठ, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालले राष्ट्रिय गौरवको आयोजना बुढिगण्डकी जलविद्युत आयोजना चीनको गेजुवा कम्पनीलाई निर्माण गर्न दिने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।

विहिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको काम चिनियाँ कम्पनी गेजुवालाई दिने सरकारको निर्णयप्रति आपत्ति जनाउनुभएको हो ।

उहाँले स्वदेशी स्रोत, साधन र पूँजी परिचालन गरी निर्माण गर्ने योजना बनाइएको राष्ट्रिय गौरवको आयोजना अकस्मात विदेशी कम्पनीलाई दिने सरकारको निर्णय फिर्ता नभए कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिनुभयो ।

उहाँले मुलुकमा लुटतन्त्र मच्चाउन सरकार र कर्मचारी प्रशासनबीच मिलेमतो हुने गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो । नयाँ शक्ति पार्टी, नेपालले बुढिगण्डकी जलविद्युत आयोजनालाई माथिल्लो तामाकोसी जलविद्युत आयोजनाकै मोडलमा स्वदेशी श्रम, सीप र पूजीमा सम्पन्न गर्न सकिने सुझाव पनि दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);