निर्मला पन्त हत्याकाण्डको छानबिन प्रतिबेदन तत्काल सार्बजनिक गर्न कांग्रेस नेता पौडेलको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

निर्मला पन्त हत्याकाण्डको छानबिन प्रतिबेदन तत्काल सार्बजनिक गर्न कांग्रेस नेता पौडेलको माग

ram chandra paudel

काठमाडौं, ११ असोज । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बालिका निर्मला पन्त हत्याकाण्डको छानवीन प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।

युरोपका बिभिन्न मुलुकस्थित पार्टी संगठनको कार्यक्रममा सहभागी भएर बिहिवार स्वदेश फर्किएका वरिष्ठ नेता पौडेलले त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमा संचारकमीसंर्ग कुराकानीका क्रममा निर्मला पन्त हत्याकाण्डको छानवीन प्रतिवेदन सार्वजनिक नगरेर सरकारले सो हत्याकाण्डलाई ढाकछोप गर्ने प्रयास गरिरहेको आरोप लगाए । निर्मला हत्याकाण्डका दोषीलाई कानुनी दायरामा ल्याएर मुलुकमा शान्ति, सुरक्षा कायम गर्न सरकार गम्भिर नदेखिएको वरिष्ठ नेता पौडेलको दावी छ ।

नेता पौडेलले बुढिगण्डकी जलविद्युत आयोजना चीनको गेजुवा कम्पनीलाई निर्माण गर्न दिने सरकारको निर्णयप्रति आपत्ति जनाए । एक फरक प्रसंगमा वरिष्ठ नेता पौडेलले पार्टीका सबै निकायमा विदेशस्थित पार्टी संगठनहरुको प्रतिनिधित्व सुनिश्चित हुनेगरी विधान बनाउन पनि पार्टी नेतृत्वसँग माग गरे । १० दिन लामो युरोप बसाईका क्रममा उनँले त्यहाँस्थित पार्टी मातहतमा रहेका नेपाली जनसम्पर्क समितिको कार्यक्रममा सहभागी भएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);