नेपाल वायुसेवा निगमले आफ्ना प्रयोगविहीन विमान उडाउन शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपाल वायुसेवा निगमले आफ्ना प्रयोगविहीन विमान उडाउन शुरु

nepal bayu sewa nigam

काठमाडौं, ११ असोज । नेपाल वायुसेवा निगमले आफ्ना प्रयोगविहीन रहेका चिनियाँ विमान उडाउन थालेको छ । निगमका चिनियाँ जाहाज लाई दुर्गम क्षेत्रमा उडाउने योजनाका साथ परीक्षण उडान तीव्र पारिएको छ ।

बुधबार एकैदिनमा निगमले ४ दुर्गम स्थानमा परीक्षण उडान भरेको थियो । आज पनि निगमको विमान जोमसोमममा परीक्षण उडानमा जाँदैछ । निगमका २ वटा वाई २ ई विमान अहिलेसम्म नियमित रुपमा उड्न सकेका छैनन् । चीनबाट ल्याएर थन्काइएका विमानलाई दुर्गम क्षेत्रमा केन्द्रित गर्ने सोचका साथ परीक्षण उडान गरिएको निगमका कार्यकारी अध्यक्ष मदन खरेलले बताएका छन् ।

निगमले बुधबार मात्रै सिमिकोट, जुफाल, मुगुको ताल्चा र जुम्ला विमानस्थलमा सफल परीक्षण उडान गरेको छ । त्यसअघि लुक्ला विमान स्थलमा पनि निगमको जहाजले परीक्षण उडान गरेको थियो । निगमले आफ्ना प्रयोग विहीन विमानहरुलाई विभिन्न दुर्गम क्षेत्रमा नियमति रुपमा उडाउने योजना बनाएको खरेलले बताएका छन् । नेपाल वायुसेवा निगमले आफ्ना प्रयोगविहीन रहेका चिनियाँ विमान उडाउन थालेको छ ।

निगमका चिनियाँ जाहाज लाई दुर्गम क्षेत्रमा उडाउने योजनाका साथ परीक्षण उडान तीव्र पारिएको छ । बुधबार एकैदिनमा निगमले ४ दुर्गम स्थानमा परीक्षण उडान भरेको थियो । आज पनि निगमको विमान जोमसोमममा परीक्षण उडानमा जाँदैछ । निगमका २ वटा वाई २ ई विमान अहिलेसम्म नियमित रुपमा उड्न सकेका छैनन् । चीनबाट ल्याएर थन्काइएका विमानलाई दुर्गम क्षेत्रमा केन्द्रित गर्ने सोचका साथ परीक्षण उडान गरिएको निगमका कार्यकारी अध्यक्ष मदन खरेलले बताएका छन् ।

निगमले बुधबार मात्रै सिमिकोट, जुफाल, मुगुको ताल्चा र जुम्ला विमानस्थलमा सफल परीक्षण उडान गरेको छ । त्यसअघि लुक्ला विमान स्थलमा पनि निगमको जहाजले परीक्षण उडान गरेको थियो । निगमले आफ्ना प्रयोग विहीन विमानहरुलाई विभिन्न दुर्गम क्षेत्रमा नियमति रुपमा उडाउने योजना बनाएको खरेलले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);