तीन विमान खरीद गर्दै वायुसेवा निगम | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८०, मंगलबार

तीन विमान खरीद गर्दै वायुसेवा निगम

काठमाडौं । नेपाल वायुसेवा निगमले तीन जहाज किन्ने तयारी थालेको छ ।

निगमले दुर्गम क्षेत्रमा उडान भर्न सक्ने ३ वटा साना जहाज खरीद गर्न उपसमिति गठन गरेको हो ।

दुर्गम क्षेत्रका आम जनताको मागलाई सम्वोधन गर्न दुर्गम क्षेत्रमा उडान भर्न सक्ने ३ वटा साना जहाज खरीद गर्ने कार्यमा विशेष पहल गरी यथासक्य छिटो जहाज खरीद कार्य सम्पन्न गरिने निगमले जनाएको छ ।

यसका लागि संचालक समितिका सदस्य बरिष्ठ क्याप्टेन श्री सुधिर समशेर राईको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको छ । उक्त उपसमितिले कार्य समेत सुरु गरिसकेको निगमको दाबी छ ।

यी जहाजहरु निगमले आफ्नै आन्तरिक स्रोतबाट नियमानुसार पारदर्शी रुपले निर्माता कम्पनीसँग खरीद गर्न लागेको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);