हवाइजहाजको टिकट पाउन पनि शक्ति केन्द्रको भर  | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८०, आइतबार

हवाइजहाजको टिकट पाउन पनि शक्ति केन्द्रको भर 

सुर्खेत । पहुँचविना हवाइ टिकट नपाइने हुँदा हुम्ला जान र आउन सर्वसाधारणले कष्ट भाेग्दै आएका छन् । यतायातका अन्य साधनकाे सहज पहुँच हुम्लामा नभएकाले एउटा टिकटका लागि समेत शक्ति केन्द्र धाउन सर्वसाधारण बाध्य छन् । त्यसमाथि पनि यहाँ निजी जहाजमात्रै सञ्चालन हुने गरेकाे छ । हाल हुम्लामा तारा र समिटले मात्र उडान गरिरहेका छन् ।

सिमित सिटका कारण हवाइयात्रा गर्न हरेक पटक पावर लगाउनुपर्ने बाध्यता रहेकाे हुम्लाका सञ्चारकर्मी नरजन तामाङले बताए । हुम्ला सडक सञ्जालले नछोएको जिल्ला हो । सुर्खेतबाट हुम्ला जान १० हजार, हुम्लाबाट सुर्खेत आउँदा सात हजार रकम तिर्नुपरेको यात्रुहरू बताउँछन् ।

सरकारी स्वमित्वको नेपाल वायु सेवा निगमले उडान कम गर्दा यात्रुहरू मार परेको छ । हुम्ला कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको जिल्ला पनि हो । स्थानीयले सरकारी स्वामित्वकाे जहाज चलाउन र उडान संख्या बढाउन मुख्यमन्त्री शाही र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री छिरीङ डम्डुल लामा (कार्चेन) समक्ष पटक पटक आग्रह गरेका छन् । तर, उनीहरूकाे मागको सुनुवाइ भएकाे छैन ।

नेपालगञ्ज जाने जहाजको टिकट लिन एक हप्तासम्म लगातार विमानस्थल धाउँदा पनि खाली हात फर्कनुपरेको खार्पुनाथ गाउँपालिका–१ प्युसका प्रेम शाहीले दुखेसो गरे । ‘तारा एयरले दिनको एक उडान मात्र गर्छ हामीले टिकट पाउदैनौं,’ उनले भने । सिमकोटमा उडान गर्दै आएका सीता र समिट एयरको जहाजले हुम्लाको उडान कटौती गरेका छन् भने सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले उडान भर्न छाडेको छ । सुर्खेतभन्दा नेपालगन्जबाट हुम्लाका लागि फलाइटमा अझ महँगो छ । त्यस्तै, अर्को हिमाली जिल्ला डोल्पामा समेत भाडा खपी नसक्नुकाे छ । नेपालगन्जबाट डोल्पा जाँदा नाै हजार र फर्कदा पाँच हजार रकम तिर्नु पर्ने बाध्यता छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);