हुम्लामा चुनावी तालमेल गर्ने सत्ता गठबन्धनकाे निर्णय, गठबन्धनलाई असर पर्नेगरी अभिव्यक्ति नदिने सहमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

हुम्लामा चुनावी तालमेल गर्ने सत्ता गठबन्धनकाे निर्णय, गठबन्धनलाई असर पर्नेगरी अभिव्यक्ति नदिने सहमति

सिमकोट । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलले हुम्लामा चुनावि तालमेल गर्ने भएका छन् ।  हुम्लाका सात गाउँपालिका तथा ती पालिकाका ४४ वडामा गठबन्धनका दलहरुबीच तालमेल हुने भएकाे हाे ।

केन्द्रीय गठबन्धनमा रहेका दलहरूबीच हुम्ला जिल्ला सदरमुकाम सिमकोटमा रहेको बिपि चिन्तन प्रतिष्ठानमा संयुक्त बैठक बसेर मिलेर चुनाव लड्ने निर्णय भएकाे एकीकृत समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष तीर्थराज रोकाया बताए  ।

कांग्रेस हुम्लाका सभापति मोहनविक्रम सिंहको अध्यक्षतामा बसेको गठबन्धनको बैठकले निर्वाचनमा तीनै दल(कांग्रेस, माओवादी केन्द्र र एकीकत समाजवादी) बीच तालमेल गरेर जाने निर्णय गरेकाे हो ।

चुनावी अभियानका क्रममा गाउँघरमा कार्यक्रम सञ्चालन गर्दा गठबन्धनलाई असर पर्नेगरी अभिव्यक्ति नदिनेसमेत सहमति पनि भएकाे कांग्रेस हुम्लाका सभापति सिंहले बताए । गठबन्धनकाे अर्को बैठक २६ चैतमा बस्नेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);