हुम्लामा देखियो १५ जनामा औलो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

हुम्लामा देखियो १५ जनामा औलो

Humla-aulo

हुम्ला, २६ जेठ । तराईका जिल्लामा देखा पर्ने औलो रोग पछिल्लो समय हिमाली जिल्ला हुम्लामा देखिएको छ । गएको वर्षमा हिमाली जिल्ला मुगु, बाजुरा र हुम्लामा औलो रोग देखा परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाले एक साताभित्र हुम्लाका दक्षिणी ताँजकोट, अदनचुली, सर्केगाढलगायतका गाउँपालिकामा १५ जनामा औलो रोग देखा परेको जनाएको छ ।

महाशाखाबाट हुम्लामा खटिनुभएका चिकित्सक अरुणप्रसाद चौधरीले गर्मीको समयमा तराईका अधिकांश जिल्लामा देखा पर्ने औलो पछिल्लो समय हिमाली जिल्ला हुम्लाका कर्णाली नदी छेउछाउका बस्तीमा देखा परेको बताउनुभयो । हिमाली जिल्लाहरुमा तापक्रम बढेपछि मुगु, बाजुरा र हुम्लामा औलोको लक्षण देखा परेको छ । जिल्लाका केही गाउँमा औलोका बिरामी देखिएपछि गर्भवती महिलालाई निःशुल्क झुल र औषधी वितरण गरिएको चौधरीले बताउनुभयो ।

हिमाली १० वटा जिल्लामा औलो रोग नहुने भनिए पनि हुम्ला बाजुरा र मुगुमा यो रोग देखा परेको महाशाखाले खुलासा गरेको छ । हुम्लामा देखा परेको औलौ स्थानीयस्तरको रोग रहेको महाशाखाको ठम्याइ छ । जिल्लामा देखा परेको औलो सामान्य असर गर्ने खाले भएकाले अहिलेसम्म ठूलो असर नपुगेको जिल्ला जनस्वाथ्य कार्यालयका प्रमुख तुलसी अधिकारीले बताउनुभयो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);