सडकले राजविराजमा डुवानको खतरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सडकले राजविराजमा डुवानको खतरा

rajbiraj sadak

काठमाडौं, २६ जेठ । सडक डिभिजन कार्यालय लहानद्वारा निर्माणाधिन सडकका कारण राजविराजमा डुवानको खतरा वढेको भन्दै स्थानीयले विरोध गरेका छन् । सडकको योजना त्रुटिपूर्ण र लापरबाहीपूर्वक काम भएको भन्दै स्थानीयवासी तथा सडक विभागकै सेवा निवृत्त इन्जिनियरहरूले विरोध गरेका हुन् ।

डिभिजन कार्यालयले राजविराजको गजेन्द्र चोकदेखि रुपनी मोड (बस स्टेण्ड)सम्म करिब ४ मिटर सडक निर्माण भइरहेको छ। सडकलाई पुरानो अवस्थाबाट एक फिट अग्लो पारिएको छ। जसनक कारण आसपासका घर÷पसल तथा कार्यालय भवन सडक पेटीभन्दा तल परेका छन्।

ढल निकासको योजना समेत नहुँदा समस्या थप जटिल वनेको सडक डिभिजनका सेवा निवृत्त इन्जिनियर गनी अन्सारीले वताए । डिभिजन कार्यालयले समेत सम्झौतामा ढल निकासको योजना नभएको पुष्टि गरेको छ ।

सडकको लेभल बढाइएको र ढल निकासको व्यवस्था समेत नभएकाले राजविराजका मुख्य क्षेत्र सामान्य वर्षामा पनि डुबानमा पर्ने उनले बताए। ‘सडकको योजना प्राविधिक रुपमै त्रुटिपूर्ण छ,’ उनले भने, ‘यसले राजविराजलाई पोखरीमा परिणत गर्छ।’

अर्कोतर्फ भएको काम समेत गुणस्तरहीन भएको सडक विभागका सेवा निवृत्त अर्का इन्जिनियर प्रयाग यादवले आरोप लगाए।
‘सरकारले लागू गरेको नियम पनि उलंघन भएको छ, सडक निर्माणको जानकारी उपलब्ध गराउने बोर्ड योजना स्थलमा छैन,’ उनले भने, ‘योजनाको बारेमा सोध्दा जानकारी पनि दिइँदैन।’

सम्झौतामा जेसुकै उल्लेख भएको भए पनि सडक निर्माणका क्रममा मापदण्ड अनुरूपको कार्य नभएको उनको दाबी छ।
‘आरसिसी ढलान गर्दा क्युव टेस्ट र क्युरिङ (सिमेण्ट, बालुवा, गिट्टीको अनुपात जाँच) लगायतका मापदण्ड पूरा गर्नुपर्छ,’ यादवले थपे, ‘तर ती कुनै प्रक्रिया भएको जानकारीमा छैन, ढलानपछि पानी हालेको हामीले देखेका छैनौं।’

सडक डिभिजनका इन्जिनियर नवीन साहले भने काम गुणस्तरहीन नभएको गुनासो गरे। यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);