प्रदेश–१ को आर्थिक वृद्धि ६.५ प्रतिशत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रदेश–१ को आर्थिक वृद्धि ६.५ प्रतिशत

pradesh 1

काठमाडौं, २६ जेठ । प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले सन्तुलित विकासको अवधारणाले प्रदेशको आर्थिक वृद्धि सकारात्मक रहेको बताएका छन् ।

संघीयता कार्यान्वयनको क्रममा प्रदेशले पहिलो बजेटमार्फत् सन्तुलित विकासको अवधारणा लिएपछि त्यसको सकारात्मक प्रभाव प्रदेशगत आर्थिक वृद्धिमा देखिएको मन्त्री आङ्बो बताउँछन् ।

“हालसम्म प्राप्त तथ्यांकको अध्ययन गर्दा चालू आर्थिक वर्षको आर्थिक विकासका हिसाबले प्रदेश –१ को अनुमानित नतिजा सन्तोषजनक छ,” उनले भने । चालू आर्थिक वर्ष २०७५(७६ फागुनसम्मको तथ्यांकअनुसार प्रदेश –१ ले कुल गार्हस्थ्य उत्पादनमा ५ खर्ब १९ अर्ब ६४ करोड ६५ लाखको योगदान पु(याएको छ । यो तथ्यांक कुल गार्हस्थ्य उत्पादनको १५ प्रतिशत रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । जलविद्युत् आयोजना निर्माणले गति लिएको, थोक तथा खुद्रा व्यापार वृद्धि भएको, शैक्षिक गुणस्तर बढेको, पुनःनिर्माणका कार्यले गति लिएकाले सरकारले राखेको उत्पादनमूलक नीति कार्यान्वयन पक्षमा सुधार भएको जानकारी मन्त्री आङ्बोले दिए ।

“प्रदेश –१ ले देशको अर्थतन्त्र सुधारोन्मुख बनाउन महत्वपूर्ण योगदान पु(याएको छ,” उनले भने । आर्थिक वर्ष २०७५(७६को फागुनसम्मको तथ्यांकलाई हेर्दा प्रदेश –१ को कुल गार्हस्थ्य उत्पादन ६।५ प्रतिशतले वृद्धि भएको देखिन्छ । चालू आर्थिक वर्षको फागुनसम्ममा प्रदेश –१मा कृषि तथा वन क्षेत्रले ३६।३७ प्रतिशत गार्हस्थ्य उत्पादनमा योगदान दिएको छ । आर्थिक वर्ष २०७४(७५मा गैरकृषिको २८।१ र कृषि क्षेत्रको ७१।९ प्रतिशत योगदान रहेको थियो । चालू आर्थिक वर्षमा गैरकृषि क्षेत्रको योगदान बढेकाले कृषि क्षेत्रको योगदान घटेको विभागले जनाएको छ । यो समाचार आजको कारोबार दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);