बझाङको सदरमुकाम चैनपुरमा ढल निकासको व्यवस्था भएन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बझाङको सदरमुकाम चैनपुरमा ढल निकासको व्यवस्था भएन्

ललित सिंह,१७ चैत्र ,बझाङ ।
बझाङको सदरमुकाम चैनपुरमा ढल निकासको उपयुक्त व्यवस्था हुन नसक्दा सधै जसो हिलाम्मे र पानीमय हुने गरेको छ । सिंचाई कूलो र घरघरबाट निस्कने ढल सडकमा आउँदा हिडडुल गर्न समेत सास्ती हुने गरेको छ ।

बझाङको सदरमुकाम चैनपुरमा ढल निकासको व्यवस्था भएन्

 

 

ललित सिंह,१७ चैत्र ,बझाङ । बझाङको सदरमुकाम चैनपुरमा ढल निकासको उपयुक्त व्यवस्था हुन नसक्दा सधै जसो हिलाम्मे र पानीमय हुने गरेको छ । सिंचाई कूलो र घरघरबाट निस्कने ढल सडकमा आउँदा हिडडुल गर्न समेत सास्ती हुने गरेको छ । हिउँद होस वा झरी बझाङ सदरमुकाम चैनपुर सधैं हिलाम्य मात्रै देखिन्छ ।

 

जयपृथ्वी नगरपालिकामा पर्ने सदरमुकाम चैनपुरमा जहातही ढल फुटेर हिलाम्य भएको हो । सदरमुकामको यस्तो अवस्था नगरपालिकाले नदेखेको पनि होइन ।

 

नगरपालिकाका कर्मचारी दिनभरी ओहर दोहर गर्ने बाटो पनि यहि हो तर पनि नगरपालिकाले गर्ने कामकाजमा बेवास्ता गर्दै आएको छ । बजारमा बस्नेहरुले सदरमुकाम चैनपुर भएर बग्ने नालीमा जथाभावि प्लाष्टिक, सिसा, लगायत फोहोर फाल्ने र नालीमा फोहोर अड्केर सडकमा हिलो बग्ने गरेको छ ।

 

सडकको विजोग अवस्था मात्र होइन, खानेपानीका पाइपलाइनहरु खुला छोडिएका कारण पानीमा पनि प्रदुशणको खतरा समेत बढेको स्थानीयको गुनासो छ । यहाँ जयपृथ्वी नगरपालीका स्थापना भएको दुई तिन बर्ष भइसक्दा पनि सदरमुकामको अवस्था भने ज्यूँका त्यू छ । न सडकमा आनन्दले हिडडुल गर्न पाइन्छ न सडक किनारमा कुनै व्यापार व्यवसाय गर्न नै । गाडीहरु गुड्दा सडकको ढल उछिट्टीएर पानी तरकारी र फलफुलमा पर्ने गरेको स्थानीयको गुनासो छ । बझाङ्ग सदरमुकामको यो हविगतका लागि दोष कसको जन–जनको प्रश्न छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);