वैशाख ११ गतेदेखि अनिश्चितकालिन आम हड्तालको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

वैशाख ११ गतेदेखि अनिश्चितकालिन आम हड्तालको घोषणा

काठमाडौं । चन्द्रबहादुर थापा नेतृत्वको राष्ट्रवादी केन्द्र नेपालले विभिन्न ७ बुँदे माग राख्दै अनिश्चितकालिन आमहड्तालको घोषणा गरेको छ । यही बैशाख ११ गतेबाट आमहड्तालको घोषणा गरिएको छ ।
सोमबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर अध्यक्ष थापाले देश र आमजनता संकटमा पर्दै गर्दा पनि सरकारले नसुनेको भन्दै भद्र अवज्ञा आन्दोलनको घोषणा गर्नु परेको बताए ।

अहिले शान्तिपूर्ण आन्दोलन गरेर माग पूरा गराउने तर त्यसरी सरकारले नसुने व्यवस्था विरुद्धको कठोर संघर्षमा जाने चेतावनी थापाले दिए ।

देश र जनताको दूश्मन दलाल संसदीय व्यवस्थाभएको भन्दै थापाले विकल्पमा जननिर्वाचित राष्ट्रपति र जनपक्षीय सत्ताको स्थापनाकालागि संघर्षमा घोषणा गरिएको बताए ।

सार्वजनिक यातायात व्यवसायी महासंघका प्रमुख संरक्षक होमप्रसाद अधिकारीले सत्ता र सरकारको जसले नेतृत्व गरेपनि भारतीय व्यवसायीको हितमा काम गर्ने गरेको आरोप लगाए । उनले भारतीय सवारी साधनलाई नेपालमा प्रतिबन्द लगाउन माग गरे ।

राष्ट्रवादी केन्द्र नेपालका सचिवालय सदस्य भुवन संगमले देश पछि पर्नु बारम्बार संघर्षका उपलब्धि संस्थागत नहुनमा नेता र नेतृत्व विदेशी कठपुतली हुनु मुल कारण भएको बताए ।

पत्रकार सम्मेलन मार्फत वित्तिय नीति परिवर्तन गरेर ब्याजदर ६ प्रतिशतमा कायम गर्नुपर्ने तथा ५ सय र हजारका नोटबन्दी गर्नुपर्ने । ऋणीहरुलाई सहज बनाएर व्यवसाय सञ्चालनको वातावरण तयार गर्नु पर्ने, भारतीय यातायतका साधनलाई प्रतिबन्ध, यातायात क्षेत्रमा भएका विकृति तथा विसंगति अन्त्य गर्नुपर्ने, आमजनताको आधारभूत आवश्यकता पूरा गर्नुपर्ने, नेपाललाई वैदिनक सनातन धार्मिक राष्ट्र कायम गर्नुपर्ने, प्रदेश सरकार खारेज गर्नुपर्ने, स्वदेशमा रोजगारीको ग्यारेण्टी सहित महंगी भ्रष्टाचार र कालोबजारी नियन्त्रण गर्नुपर्ने लगायतत ७ बुँदे माग सरकारले नगरेका व्यवस्था विरुद्ध नै कठोर आन्दोलनमा जाने घोषणा गरेको चेतवानी दिए ।

भद्र अवज्ञा आन्दोलन भएकाले कुनैपनि किसीमका तोडफोड, टायर बाल्ने, कार्य नहुने अध्यक्ष थापाले जानकारी दिए । पहिलो दिन राजधानीबाट सुरु हुने र दोस्रो दिनबाट देशभर विस्तार हुने बताइएको छ ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);