विराटनगरमा अनिश्चितकालिन बन्दको घोषणा, स्थानीय जनजीवन प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विराटनगरमा अनिश्चितकालिन बन्दको घोषणा, स्थानीय जनजीवन प्रभावित

biratnagar

विराटनगर, २३ बैशाख । विराटनगरलाई प्रदेश १ को स्थायी राजधानी बनाउन माग गर्दै विराटनगर महानगरपालिकाको अगुवाईमा अनिश्चितकालिन विराटनगर बन्दको घोषणा गरिंदा स्थानीय जनजीवन प्रभावित भएको छ ।

बन्दका कारण विहानैदेखि विराटनगरबाट लामो तथा छोटो दुरीमा चल्ने सवारी साधनहरु चलेका छैनन् भने शैक्षिक संस्थाहरु पुर्णरुपमा बन्द छन् । बजार, पसल भने आंशिक रुपमा खुलेका छन् । विराटनगरलाई प्रदेशको स्थायी राजधानी बनाउनुपर्ने र प्रदेशलाई चाहिने सबै संरचना विराटनगर महानगरपालिका भित्रै हुनुपर्ने माग गर्दै विराटनगर महानगरपालिकाको अगुवाईमा संघर्ष समिति बनेको छ । त्यो समितिले आन्दोलनको घोषणा गरेको गर्दा विराटनगरको जनजिवन प्रभावित बनेको छ ।

विराटनगरका विभिन्न स्थानमा टायर बालेर बिरोध गरिएको छ भने केही स्थानमा प्रहरी र बन्दकर्ता बिच सामान्य घम्साघम्सी समेत भएको छ । विराटनगरको महाबिर चोक, गुन्द्री चोक, पुष्पलाल चोक, कन्चनबारी चोक लगायतका विभिन्न स्थानमा बन्दकर्ताहरुले मोटरसाईकल समेत चलाउन दिएका छैनन् भने विराटनगर प्रवेश गर्ने विभिन्न नाकाहरुमा अवरोध गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);