विराटनगरमा खटयात्रा निस्कने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

विराटनगरमा खटयात्रा निस्कने

विराटनगर । कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण खटयात्रा आज विराटनगरमा निकालिंदैछ । रथसँगै खटलाई पनि बजार परिक्रमा गराउने भएकाले यसलाई खटयाज्ञा भनिएको हो ।

राधाकृष्ण मूर्तिलाई खटमा राखेर तीनपैनी चोक, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्र चोक, बरगाछी र राजवंशी चोकबाट पुष्पलाल चोक हुँदै मन्दिरमा फर्किएर यात्रा समापन हुनेछ ।

वि.सं. १९८८ बाट विराटनगरको पानीटंकी चोकस्थित राधाकृष्ण मन्दिर परिसरबाट खटयात्रा सुरु भएको मानिन्छ भने २०२४ सालबाट रथयात्रा सुरु गरिएको जानकारहरु बताउँछन् । कोरोना महामारीका कारण यो वर्ष रथ यात्रा नगरी खटयात्रा मात्रै हुने भएको छ ।

खटयात्रा मनाउनका लागि प्रदेश १ सरकारले झापा, मोरङ र सुनसरी जिल्लामा सार्वजनिक विदा दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);