घरजग्गा कब्जा गर्दै विप्लव, चन्दा नदिएपछि धम्की | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

काठमाडौं, २८ कार्तिक । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाली कांग्रेसका उम्मेदवार र नगर प्रमुखसहित खोटाङका चारजनाको घरजग्गा नियन्त्रणमा लिएको घोषणा गरेको छ । कांग्रेसबाट खोटाङ प्रदेश सभा १ का प्रत्यक्षतर्फका उम्मेदवार सुवासकुमार पोखरेल, हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई, राप्रपाका जिल्ला सदस्य चन्द्रसिंह बस्नेत र बस्नेतका छोरा गिरिराज बस्नेतको घरजग्गा तथा सम्पत्ति नियन्त्रणमा लिएको नेकपाले विज्ञप्तिमार्फत घोषणा गरेको हो।

लामीडाँडा गाउँपालिका–२, खार्पा घर भएका उम्मेदवार पोखरेलले गुन्डा र पैसाको बलमा चुनाव जित्ने प्रयत्न गरेको तथा नगर प्रमुख राईले चुनाव जितेर देश लुट्न लागिपरेकाले घरजग्गा तथा सम्पत्ति नियन्त्रणमा लिइएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

यस्तै, बस्नेत परिवारले स्थानीय सीधासादा जनतालाई शोषण तथा दमन गरेर शासन गरेकाले सम्पत्ति नियन्त्रणमा लिइएको विज्ञप्तिमा जनाइएको छ । विप्लवका कार्यकर्ताले चारैजनाको घरमा विज्ञप्ति टाँसेर कब्जामा लिइएको घरजग्गा तथा चल–अचल सम्पत्ति स्थानीयले प्रयोग गर्ने घोषणा गरेका छन् । नगर प्रमुख राईको घरमा शनिबार राती विज्ञप्ति टाँस्नुका साथै आँगनमा पार्टीको झन्डा गाडिएको छ।

चन्दा नदिएपछि धम्की

नगर प्रमुख राईले नेकपाले नगरपालिकाको पहिलो नगर सभाबाट आधा बजेट आफूहरूलाई विनियोजन गर्न दवाब दिँदै आएको बताए। उनले भने, ‘उनीहरूले हाम्रो पनि समानान्तर सरकार छ, नगरपालिकाको आधा कार्यक्रम हामी सञ्चालन गर्छौं भन्दै पटक–पटक बजेट माग गर्दै आएका थिए।’

आफूलाई आगामी निर्वाचनको प्रचार–प्रसारमा नहिँड्नसमेत नेकपाका कार्यकर्ताले दवाब दिएको नगर प्रमुख राईले बताए । कांग्रेसको तर्फबाट नगर प्रमुखमा विजयी राईले भने, ‘मलाई पटक–पटक थ्रेट दिइरहेका थिए, शनिबार त घरमै आएर घरजग्गा नियन्त्रण लिएको विज्ञप्ति टाँसेछन् ।’

विप्लव कार्यकर्ताले आफूलाई पटक–पटक धम्की दिएको विषयमा खोटाङका प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारी र प्रहरी नायब उपरीक्षक लोकदर्शन थापालाई समेत जानकारी गराएको नगर प्रमुख राईले बताए। प्रहरी नायब उपरीक्षक थापाले जिल्लामा उक्त पार्टीको गतिविधिका विषयमा गम्भीर भएर अनुसन्धान थालिएको बताए । प्रहरीले आगामी निर्वाचनलाई प्रभावित पार्नका लागि नेकपाले घरजग्गा कब्जाको घोषणा गरेको अनुमान गरेको छ।

कांग्रेसबाट खोटाङ प्रदेश सभा १ का प्रत्यक्षतर्फका उम्मेदवार सुवासकुमार पोखरेल, हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई, राप्रपाका जिल्ला सदस्य चन्द्रसिंह बस्नेत र बस्नेतका छोरा गिरिराज बस्नेतको घरजग्गा तथा सम्पत्ति नियन्त्रणमा लिएको नेकपाले विज्ञप्तिमार्फत घोषणा गरेको छ। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);