अख्तियारको आँखामा ९ सरकारी अधिकारी, को–को परे ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, २८ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप ९ सरकारी अधिकारीमाथि छानबिन थालेको छ । गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले उनीहरूको सम्पत्ति अध्ययन र विश्लेषण सुरु गरेको हो । यसअघि नै पत्र बुझ्न नमानेको भन्दै अख्तियारले आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्माका घरमा ७ दिने म्याद टाँसिसकेको छ।

अख्तियार उच्च स्रोतका अनुसार छानबिनमा पर्नेमा नेपाल विद्युत् प्राधिकरणका दुई उच्च अधिकारी छन् । प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवाल र ११ औं तहका निर्देशक दामोदरभक्त श्रेष्ठमाथि छानबिन सुरु भएको छ । श्रेष्ठ चिलिमे जलविद्युत् आयोजनाका प्रमुखसमेत हुन्।

त्रिभुवन विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्याय पनि गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा छानबिनमा परेका छन्। यसैगरी, कृषि सामग्री कम्पनी लिमिटेडका ११ औं तहका अधिकृत अच्युत पौडेल, सडक विभागका उपसचिवस्तरका दुई इन्जिनियर (सीडीई) दण्डपाणि पौडेल र ज्ञानेन्द्रकुमार झासमेत गैरकानुनी सम्पत्ति आर्जनको छानबिनमा परेका छन्।

राजस्व समूहका चार अधिकृतको सम्पत्ति पनि छानबिन भइरहेको अख्तियार स्रोतले बतायो। राजस्व अनुसन्धान विभागका झविन्द्र पोख्रेल र शिवचन्द्र पन्त तथा आन्तरिक राजस्व विभागका अधिकृत रमेश भट्टराईमाथि पनि छानबिन सुरु भएको अख्तियार स्रोतले बतायो। कान्तिपुर दैनिकमा खबर छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);