तुवाचुङ नगरपालिका प्रमुखको घर बिप्लपको नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

खोटाङ, २७ कार्तिक । बिप्लप नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी खोटाङले हलेसी–तुवाचुङ नगरपालिकाका नगर प्रमुख इबन राईको घर जग्गा एवम् सम्पत्ति नियन्त्रणमा लिएको छ।

गुण्डा गर्दी र पैसाको बलमा चुनाव जितेर देश लुट्न लागि परेको भन्दै नगर प्रमुख राई संसदीय व्यवस्थाको मतियार बनेको आरोपसहित शनिबार राती विज्ञप्ति टाँसेर नेकपाले उक्त घोषणा गरेको हो।

साबिकको मंगलटार–ं२ पर्ने हलेसी तुवाचुङ नगरपालिका–६ का नगरप्रमुख राईको नियन्त्रित घर, जग्गा, सम्पत्ति जनताले उपभोग गर्ने कुरा विज्ञप्तिमा उल्लेख छ।
बिहान उठ्दामात्रै आफ्नो घरको आँगनमा पार्टीको झन्डा गाडेको र घरको भित्तामा गोबरले विज्ञप्ति टाँसेको देखेको नगरप्रमुख राईको भनाई छ।

राईका अनुसार हलेसी तुवाचुङ नगरपालिकाको पहिलो नगरसभाबाट आधा बजेट आफुहरुलाई बिनियोजन गर्न उक्त पार्टीले माग गर्दै आएको थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);