पार्टी एकता हल्ला मात्रैः प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

चितवन, २७ कार्तिक। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले चुनाव अघि पार्टी एकता हुन्छ भन्ने हल्ला मात्रै रहेको बताएका छन्।

चितवन क्षेत्र नं ३ अन्तर्गत पश्चिम चितवनमा चुनावी प्रसारका लागि दौडिरहेका नेता दाहालले चुनाव पछि मात्र एकता गरिने प्रष्टाएका छन्।

उनले विचार मिल्ने पार्टीबीच एकता आवश्यक भएको औंल्याउँदै कांग्रेसलाई पनि विचार मिल्नेसँग एकता गर्न समेत सुझाव दिएका छन्। चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका दाहालले आफ्नो प्रतिस्पर्धी जिल्लामा कोही नरहेको दाबी गरेका छन्।

चितवनका जनताले विकासका लागि आफूलाई चाहेको उनको भनाइ थियो । अब छिट्टै विकासका योजना सार्वजनिक गर्ने बताएका छन्।चितवन क्षेत्र नं ३मा उनका प्रतिस्पर्धी राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे रहेका छन्। तीब्र प्रसार रहेका पाण्डेले पनि आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);