बिप्लपको आह्वानमा रोल्पा बन्द, जनजिवन प्रभावित | ईमाउण्टेन समाचार

Our Network

भदौ १ २०८३, मंगलबार

रोल्पा, २७ कार्तिक । नेत्रविक्रम चन्द नेतृत्वको माओवादी पार्टी रोल्पाले आह्वान गरेको बन्दका कारण रोल्पामा बिहान देखि जनजिवन प्रभावित बनेको छ। बन्दका कारण बिहानदेखि रोल्पाका बजार, यातायात, कलकारखाना र शिक्षण संस्था लगाएतका कार्यालयहरु ठप्प छन्।

रोल्पाका इञ्चार्ज दलबहादुर खत्री र सेक्रेटरी सन्तोष सुवेदी लगायतका नेता कार्यकर्ता गिरफ्तारीविरुद्ध बन्द आह्वान गरेको नेपाल कम्युनिष्ट पार्टी रोल्पाले बताएको छ । सदरमुकाम लिवाङबाट छुट्ने लामो तथा छोटा दूरीका कुनै सवारी साधान चल्न नपाएका कारण चल्न नसकेको जलजला यातायात व्यवसायी समिति रोल्पाले जनाएको छ। बन्दका कारण बिहानी कक्षाका लागि क्याम्पस हिँडेका विद्यार्थी घर फर्किएका छन्।

अज्ञात समुहद्धारा फोनमार्फत विद्यालय, क्याम्पस बन्द गर्न अनुरोध गरेकाले शिक्षण संस्था बन्द गरिएको जिल्ला अधिकारीहरुले जानकारी दिएको छ।

सडकमा सो पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति नदेखिए पनि बन्दका कारण जिल्ला ठप्प छ। शनिबार र आइतबार पश्चिम रोल्पामा चुनाव प्रचार प्रसारमा गएका पूर्वअर्थमन्त्री वर्षमान पुनलाई लक्षित गरी गोली प्रहार गरिए सँगै जिल्लामा सन्त्रासको वातावरण सिर्जना भएको छ।