बन्दका कारण कञ्चनपुरको जनजिवन प्रभावित | ईमाउण्टेन समाचार

Our Network

माघ १५ २०७९, आइतबार

बन्दका कारण कञ्चनपुरको जनजिवन प्रभावित

kanchanpur banda

कञ्चनपुर, १६ असोज । कञ्चनपुरकी–१३ बर्षीय बालिका निर्मला पन्तको हत्यारालाई सार्वजनिक गर्न माग राख्दै नेपाल विद्यार्थी संघले मंगलबार गरेको कञ्चनपुरमा बन्दका कारण सर्वसारधणको जनजिवन प्रभावित भएको छ ।

विहानै देखि लामो तथा छोटो दुरीको यातायात समेत चल्न नसक्दा मानिसहरुको दैनिकी प्रभावित भएको हो । नेविसंघका नेता कार्यकर्ताले बिहान ७ बजेदेखि पुर्वपश्चिम महेन्द्रराजमार्ग लगायत महेन्द्रनगरका विभिन्न ठाँउमा टायर बालेर प्रर्दशन गरेका छन् । बन्दले कञ्चनपुरदेखि विभिन्न छोटो तथा लामो दुरीका सवारी साधान चल्न नसक्दा यात्रु अलपत्र परेका छन् । रोजगारी गरी दशैँ तिहारका बेला घर फर्केका नेपाली सवारी साधन चल्न नसक्दा चर्को भाडा तिरेर अटो, रिक्सा र मोटरसाईकलमा यात्रा गर्न बाध्य भएका छन् ।

प्रदेश – ७ का केही जिल्ला खुला भएपनि कञ्चनपुरको महेन्द्रनगर बजार पुर्ण बन्द भएको छ, । शिक्षण संस्था, विद्यालय, कलकारखाना, उद्योग बजार बन्द हुँदा उपभोक्ता मारमा परेका छन् । नेवि संघ केन्द्रीय सदस्य एव जिल्ला संयोजक गणेश भट्टले सरकारले वास्तविक हत्यारा लुकाउन खोजेकाले नेवि संघ पुनः आन्दोलित हुनु परेको बताए ।

बन्दका कारण कञ्चनपुरका २ सय ६१ सामुदायिक विद्यालयमा पठन पाठन अवरुद्ध भएको छ । कञ्चनपुरका विद्यालय निरीक्षक रुपराम तिरुवाले बन्दको कारण सामुदायिक विद्यालयमा अध्ययनरत ७० हजार विद्यार्थीको पढाई प्रभावित भएको बताए । नेवि संघका नेता बिष्णु जोशीले सरकारले सुशासन,भ्रष्टाचार रोक्न नसक्दा बाध्य भएर आन्दोलिन हुनु परेको बताए । स्थानीयले बन्दको विकल्प खोज्न समेत आग्रह गरिरहेका छन् । बन्दले महेन्द्रनगरका स्थानीय व्यवसायी, स्थानीय जनतालाई र अप्रत्यक्ष रुपमा अरुलाई असर परेको छ ।