बहुदलीय जनवादलाई आधार बनाएर पार्टी एकता : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बहुदलीय जनवादलाई आधार बनाएर पार्टी एकता : प्रचण्ड

चितवन, २७ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले र माओवादीबीच बहुदलीय जनवादलाई आधार मानेर पार्टी एकता गरिने बताएका छन् ।

चितवन क्षेत्र नं ३ मा रहेको उनको अस्थायी निवासमा आज उनले सञ्चारकर्मीसँग कुरा गर्दै दोस्रो चरणको निर्वाचन लगत्तै पार्टी एकता हुने प्रष्ट पारेका छन् ।

उनले सिद्धान्तको पछि लागेर अब जनतालाई दुःख दिन नहुनेमा जोड दिँदै भने, “मान्छेका लागि सिद्धान्त हो, सिद्धान्तका लागि मान्छे होइन।”

माओवादीमा प्रचण्डपथ आधिकारिक भईसकेको अवस्थामा त्यसलाई म आफैले स्थगन गरेको छु, अनुकूल समयमा यस विषयमा थप छलफल गर्न सकिनेमा उनले जोड दिए ।

एमाले र माओवादीबीच पार्टी एकता  गर्दा सिद्धान्तका विषयमा हुन सक्ने मतभेदका सम्बन्धमा दाहालले भने, “बहुदलीय जनवादलाई आधार बनाएर एकता गर्दै जाऔँ, नमिलेका कुरा छलफल गरी टुंग्याउँदै लैजाऔँ । यो बढी राष्ट्रको हितमा हुन्छ ।”

समाजवाद नै बाम गठबन्धनको मुख्य उद्देश्य भएकाले शान्तिपूर्ण प्रतिस्पर्धाबाट समाजवाद सम्भव हुनेमा उनले जोड दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);