दोहोर्याएर सहिद घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

दोहोर्याएर सहिद घोषणा

sahid

काठमाडौं,१८ माघ । पहिले नै सहिद घोषित १४ जनालाई शेरबहादुर देउवा नेतृत्वको सरकारले फेरि सहिद घोषणा गरेको छ । २०६७ सालमा माधवकुमार नेपाल नेतृत्वको सरकारले सहिद घोषणा गरेका १४ जनालाई देउवा सरकारले पनि दोहोर्याएको हो ।

देउवा सरकारले ८ महिनामा २ सय ६६ जनालाई सहिद घोषणा गरेको छ । नेपाल नेतृत्वको तत्कालीन सरकारले २०६७ साल असारमा एक हजार ६ सय २६ जनालाई सहिद घोषणा गरेको थियो ।माओवादी द्वन्द्वका बेला विद्रोही पक्षबाट मारिएका स्याङजाका देवानसिंह राना, देवबहादुर खवास, विष्णुबहादुर चन्द, मीनबहादुर बानियाँ क्षत्री, नेत्रनारायण भण्डारी र रणबहादुर गुरुङ, कास्कीका कृष्णबहादुर गुरुङ, पूर्णबहादुर भुजेल चौधरी, पशुपति रानाभाट र चन्दबहादुर रानाभाट तथा सिन्धुपाल्चोकका कृष्णप्रसाद सापकोटा, दिलबहादुर दनुवार, हिक्मतबहादुर भण्डारी र छत्रबहादुर गिरीलाई देउवा नेतृत्वको सरकारले दोहोर्याएर सहिद घोषणा गरेको हो ।

देउवा सरकारले माघ १२ मा मात्र द्वन्द्वकालमा माओवादीबाट चितवनको बाँदरमुढेमा मारिएका ३६ जनासहित स्याङजा, कास्की, सिन्धुपाल्चोक, सुनसरी र खोटाङका गरी ५६ जनालाई सहिद घोषणा गरेको थियो ।द्वन्द्वपीडित साझा चौतारीले सरकारले हचुवाका भरमा सहिद घोषणा गरेको भन्दै असन्तुष्टि जनाएको छ । चौतारीका अध्यक्ष सुमन अधिकारीले हचुवाका भरमा सहिद घोषणा गरेर राजनीति गर्न खोजिएको बताए । ‘पहिले पनि सरकारले घोषणा मात्र गरेको थियो तर कुनै पनि प्रक्रिया भने पूरा गर्न सकेको छैन ।’

उनले शान्तिसम्झौताको भावना अनुरुप सबै द्वन्द्वपीडितलाई समान व्यवहार र सम्मान गर्नुपर्नेमा जोड दिए । ‘सरकारले शान्ति सम्झौताको भावनाविपरीत सहिद घोषणा गरी विभेद र पीडितको पीडामाथि राजनीति गरेको छ’, अध्यक्ष अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । चौतारीले सरकारैपिच्छे सहिद घोषणा गर्ने विवादास्पद परिपाटी बन्द गर्न पनि माग गरेको छ ।आजको नागरिक दैनिकमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);