६१ चार्टर्ड उडान मार्फत करिब १० हजार यात्रुको उद्धार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

६१ चार्टर्ड उडान मार्फत करिब १० हजार यात्रुको उद्धार

nepal airlines

काठमाडौं, १६ असार । नेपाल वायुसेवा निगमले मंगलबारसम्म ६१ चार्टर्ड उडान मार्फत करिब १० हजार यात्रुलाई सेवा दिइसकेको जनाएको छ । निगमले उच्च स्वास्थ्य सतर्कता अपनाएर चार्टर्ड उडानमार्फत विदेशमा समस्यामा परेका नेपालीहरुलाई उद्धार गर्ने काम भइरहेको भन्दै विमानमा यात्रा गर्दा कोरोना रोकथामका लागि अपनाइएको सुरक्षाका विधिहरु विश्वका अन्य एयरलाइन्सले अपनाएको भन्दा कम नभएको दाबी गरेको छ ।

विमान चालक र परिचारिकाले पनि उडान भर्दा गम्भीरतापूर्वक नै स्वास्थ्य सतर्कता अपनाइएको बताएका छन ।

निगमले उडान सकेपछि पाइलट तथा परिचारिका लगायत अन्य कर्मचारीहरु विमानस्थलबाट सिधै घर नगई निगमले व्यवस्थापन गरेको होटल क्वारेन्टीनमा बस्नुपर्ने व्यवस्था गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);