दाहाल –नेपाल पक्षलाई सरकारको नेतृत्व दिन सकिन्छ : पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दाहाल –नेपाल पक्षलाई सरकारको नेतृत्व दिन सकिन्छ : पौडेल

ramchandra poudel

चितवन, २० फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार बनाउन दाहाल–नेपाल पक्षलाई सहयोग गर्न सकिने बताएका छन् ।

बिहीबार बिहान चितवनमा नेपाल प्रेस युनियन चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता पौडेलले दाहाल–नेपाल पक्षलाई नेतृत्व गर्न दिन सकिने विषयमा सकरात्मक हुने सकिने बताएका हुन् ।

वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गर्न भने कांग्रेसको नैतिकताले नदिने जिकिर गरेका छन्। प्रधानमन्त्री ओलीले देश, व्यवस्था र संविधानलाई नै जोखिममा पारेको भएकाले उनलाई सहयोग कांग्रेसको नैतिकताले नदिने नेता पौडेलको भनाई छ ।

त्यस्तै, पौडेलले पार्टी सभापति देउवाले भने जस्तो प्रधानमन्त्री बन्न सजिलो नभएको पनि बताएका छन् । देउवालाई प्रधानमन्त्री हुनबाट रोक्न खोजेको नभई लोकतन्त्र र प्रणालीमा छलफल गरेर निष्कर्ष निकाल्नुपर्ने उनको भनाई छ ।

बुधबार चितवनमा नै आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले प्रधानमन्त्री पदका लागि मरिहत्ते नगर्ने तर पाएमा नछोड्ने बताएका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);