जेष्ठ नागरिकले खोपबाट केही हुन्छ कि भनेर रत्तिभर पनि शंका गर्नु पर्दैन : गौतम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

जेष्ठ नागरिकले खोपबाट केही हुन्छ कि भनेर रत्तिभर पनि शंका गर्नु पर्दैन : गौतम

काठमाडौं, २० फागुन । प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप दिने काम जारी राखिएको छ । बुधबारदेखि सिभिल हस्पिटल नयाँ बानेश्वरमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप दिन सुरु गरिएकोमा बुधबार अनुपस्थित सांसदहरुलाई बिहीबार पनि खोप दिईएको छ ।

बिहीबार राष्ट्रिय सभा सदस्य वामदेव गौतम लगायतका सांसदहरुले कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । खोप लगाइसकेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैँ राष्ट्रिय सभा सदस्य गौतमले खोपबाट केही हुन्छ कि भनेर जेष्ठ नागरिकले रत्तिभर पनि शंका गर्नु नपर्ने बताउनुभयो ।

परिवार र समाजको सुरक्षाको निम्ति कोभिड विरुद्धको खोप लगाउनैपर्ने उनको भनाई छ । उनले भने– ‘जेष्ठ नागरिकले रत्तिभर शंका गर्नु हुँदैन केही हुन्छ कि भनेर । झन बलियो हुन, झन एन्टिबडी निर्माण गरेर कोरोनाले छुन पनि नसक्ने बनाउँछ । कसैले पनि चिन्ता गर्नु पर्दैन । कुनैपनि हालतमा लगाउनुपर्छ । हाम्रो समाजको सुरक्षाको निम्ति, प्रत्येक परिवारका सदस्यको सुरक्षाको निम्ति लगाउनुपर्छ ।’

बिहिबार संघीय संसद सचिवालयका कर्मचारीहरु, स्वकिय सचिव लगायतका कर्मचारीहरु र ट्राफिक, बम डिस्पोजल, कुकुरबाट चेकजाँच गर्ने लगायतका सुरक्षाकर्मीलाई खोप दिइने संघीय संसद सचिवालले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);