भ्रष्टाचार अन्त्य गर्न प्रधानमन्त्री गम्भिर नभएको पौडेलको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

भ्रष्टाचार अन्त्य गर्न प्रधानमन्त्री गम्भिर नभएको पौडेलको आरोप

ramchandra

काठमाडौं, २३ भदौ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा भ्रष्टाचार अन्त्य गर्न प्रधानमन्त्री केपी ओली गम्भिर नभएको आरोप लगाएका छन् ।

वरिष्ठ नेता पौडेलले २ वटा वाईड बडी विमान खरिदमा ठूलो आर्थिक घोटाला भएको दावी गर्दै छानवीनका लागि उच्चस्तरीय न्यायिक आयोग तत्काल गठन गर्न पनि सरकारसँग माग गरे ।

सुशासनमा देशलाई लैजान सरकारले गम्भिर पाईला नचाले मुलुक अस्तव्यस्त हुने वरिष्ठ नेता पौडेलको चेतावनी छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीले मुलुकमा भ्रष्टाचार अन्त्य गर्ने घोषणा गरेपनि सोही अनुसारको काम गर्न नसकेको दावी गरे ।

काँग्रेस वरिष्ठ नेता पौडेलले जिल्ला समन्वय समितिलाई कार्यकारी अधिकार दिनेगरी संविधान संशोधन गर्न पनि सरकारसँग माग गरे । उनले जिल्ला समन्वय समितिलाई कार्यकारी अधिकार दिए मात्रै संघीयता बलियो हुने भएकाले सोही अनुसारको व्यवस्था गर्न सरकारले संविधान संशोधन गर्न ढिलाई गर्न नहुने बताए ।

काँग्रेस वरिष्ठ नेता पौडेलले जिल्ला समन्वय समितिलाई कार्यकारी अधिकार दिने काममा ध्यान केन्द्रित गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकापा) लाई आग्रह गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);