न्याय निष्पक्षता र पारदर्शी रुपमा पार्टी चलाउन वरिष्ठ नेता पौडेलको चुनौती | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

न्याय निष्पक्षता र पारदर्शी रुपमा पार्टी चलाउन वरिष्ठ नेता पौडेलको चुनौती

ramchandra paudel

काठमाडौं, २१ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूले पार्टीलाई गुट, उपगुटबाट मुक्त बनाउन चाहेको बताएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेसले मंगलवार राजधानीमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले पार्टीलाई गुटमुक्त बनाउन सहयोग गरिदिन महामन्त्री डाक्टर शशांक कोइरालालाई पनि आग्रह गरेका थिये । आफू सबैको सहयोगमा सभापति बनेको उल्लेख गर्दै उहाँले पार्टी भित्रको गुटउपगुटले कसैलाई पनि फाईदा नपु¥याउने उल्लेख गरे । सभापति देउवाले सरकारले मुलुकको हरेक क्षेत्रलाई नियन्त्रणमा राख्न खोजेको भन्दै आलोचना गरे।

कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी भित्र एकता कायम गर्न न्याय, निष्पक्ष र पारदर्शी व्यवहार गर्न सभापति देउवासँग माग गरे । उनले एक पक्षीय ढंगले पार्टी नेतृत्वले पेलेर जाने काम गरेकाले पार्टी भित्र विभिन्न गुट जन्मने गरेको दावी समेत गरे । कम्युनिष्टहरुभन्दा उत्कृष्ट हौं भनेर जनतामा जान पनि पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्ने नेता पौडेलको भनाई छ ।

नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली सर्वसत्तावादको प्रतिक बन्न खोजिरहेको आरोप समेत लगाएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);